बुध, जेष्ठ ११, २०७९
बुध, जेष्ठ ११, २०७९

पत्रकारलाइ छुट्टै पास नचाहिने !

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको दिन समाचार संकलन तथा प्रशारणका लागि आवतजावत गर्न छुट्टै सवारी पास नचाहिने जानकारी दिएको छ ।

आयोगले बिहीबार पत्रकार सम्मेलनमार्फत सरकार तथा प्रदेश सरकारका आधिकारिक निकायबाट जारी पत्रकार परिचय पत्र भएकालाई छुट्टै सवारी पास आवश्यक नपर्ने जनाएको हो ।

सोही अनुसार व्यवस्था गर्न गृहमन्त्रालयलाई निर्देशन दिएको आयोगले जनाएको छ ।

तर सरकारका आधिकारिक निकायबाट जारी भएको परिचय पत्र नभएकाको हकमा भने सम्बन्धित सञ्चार संस्थाको सिफारिसमा जिल्ला प्रशासन कार्यालयले पास उपलब्ध गराउने व्यवस्था गरिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार