काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार रहेका बालेन्द्र शाहले अग्रता थप बढाएका छन्। आइतबार ९ बजेसम्मको अपडेटअनुसार बालेनको मत ४ हजार २५९ मत ल्याएका छन्।
उनलाई पछ्याएका एमालेका केशव स्थापितको मत २ हजार २ सय ३७ मत पाएका छन्।
तेस्रो स्थानमा कांग्रेसकी सिर्जना सिंहले २ हजार १८ मत ल्याएकी छन्। उनले स्थापितसँगको आफ्नो मतान्तरण घटाउँदै लगेकी छिन्।
Discussion about this post