त्रिविले २ दिन विदा नदिने

33
SHARES
276
VIEWS

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले आइतबार बिदा नदिने निर्णय गरेको छ। कोभिड–१९ का कारण शैक्षिक पात्रो ढिलो भएको, पठनपाठन र परीक्षाका तालिका पहिला नै निर्धारण भइसकेकाले तत्काल बिदा नदिइने त्रिविले जनाएको छ।

‘विद्यार्थीहरूको पठनपाठन र विश्वविद्यालयबाट प्रदान गरिने स्वास्थ्य सेवा लगायत अन्य सेवाहरूलाई नियमित रूपमा सञ्चालन गर्न आवश्यक भएकाले अर्को सूचना जारी नभएसम्मका लागि साबिकबमोजिम नै आइतबारसमेत विश्वविद्यालयका सेवाहरू सञ्चालनमा रहनेछ’, त्रिविको सूचना तथा जनसम्पर्क महाशाखाले आइतबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार