९ मतदान केन्द्रमा आज मतदान

20
SHARES
168
VIEWS

काठमाडौं । गत वैशाख ३० गते स्थगित भएकामध्ये पाँच स्थानीय तहका नौ मतदान केन्द्रमा आज मतदान भइरहेको छ । निर्वाचन आयोगकाअनुसार मंगलबार मतादान भइरहेकामा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका-१३ स्थित श्रीराम मावि मतदानस्थलका दुई मतदान केन्द्रमा मतदान भइरहेको छ ।

यसैगरी अछामको पञ्चदेवल विनायक नपा-५ को नवज्योति माविका दुई मतदान केन्द्र र धनकुटाको शहीदभूमि गाउँपालिकाको ठाकुरदेवी माविको तीन मतदान केन्द्र पनि मतदान भइरहेका आयोगले जनाएको छ ।

कञ्चनपुरको पुनर्वास नगरपालिका-१० को विजय माविको १ मतदान केन्द्र र बाजुराको बूढीनन्दा नगरको पिस क्रियटिभ एकेडेमीस्थित १ मतदान केन्द्र रहेको छ। राजनीतिक दल र उम्मेदवार तथा अन्य पक्षको विवादका कारण स्थगन भएका १७ जिल्ला, २८ स्थानीय तहका ४४ मतदानस्थलका ८५ मतदान केन्द्रमध्ये निर्वाचनको नयाँ मिति तोकिने र निर्वाचन हुने क्रम जारी रहेको छ ।

स्थगित भएकामध्ये जेठ १ गते ७ र २ गते १३ मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको छ ।

जेठ ४ गतेका लागि तनहुँको व्यास नपा-४ को गाविस भवन मतदानस्थलका दुई केन्द्र, रौतहटको गढीमाइ नपा-३ स्थित प्रावि लक्ष्मीपुरका दुई मतदान केन्द्र र वडा नम्बर ६ को प्रावि आदर्श मावि मतदानस्थलको दुई मतदान केन्द्रमा मतदान हुने मिति तय भएको छ ।

स्थागन भएकामध्ये बाजुराको बुढीगङ्गा नगरमा गत वैशाख ३० गते भएको मतदान प्रक्रिया रद्द भई अर्को मतदान गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालबाट आएको सिफारिसका सम्बन्धमा गठित छानबिन समितिले स्थगलत अध्ययन गरी प्रतिवेदन बुझउँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार