काठमाडौं । देशैभर अहिले स्थानीय तह निर्वाचनको मतगणना भइरहेको छ । देशका विभिन्न स्थानबाट मतपरिणामहरु आउने क्रम जारी छ ।
निकै चासोका साथ हेरिएको देशको ६ वटा महानगरपालिकाको पनि मतपरिणाम आउने क्रम जारी छ ।
यस्तो छ देशैभर रहेका ६ वटा महानगरपालिकाको पछिल्लो मतपरिणाम :
काठमाडौं महानगरपालिका :
काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह १६ हजार ५२ मतका साथ अग्रस्थानमा छन् । बालेनलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार केशव स्थापितले ८ हजार ३ सय ४५ मत ल्याएका छन् । बालेनले ७ हजार ७ सय ७ मतले अग्रता लिइरहेका छन् ।
पोखरा महानगरपालिका :
पोखरा महानगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्य १४ हजार ३ सय ६२ मतका साथ अग्रस्थानमा छन् । आचार्यलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी एमालेका कृष्णबहादुर थापाले १२ हजार ५ सय १७ मत ल्याएका छन् । आचार्यले १ हजार ८ सय ४५ मतको मतान्तर रहेको छ ।
भरतपुर महानगरपालिका :
भरतपुर महानगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल ९ हजार ९ सय ७० मतका साथ अग्रस्थानमा छिन् । दाहाललाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी एमालेका विजय सुवेदीले ८ हजार २ सय ५८ मत ल्याएका छन् । उनीहरुबीच १ हजार ७ सय १२ मतको मतान्तर रहेको छ ।
ललितपुर महानगरपालिका :
ललितपुर महानगरपालिकामा नेपाली कांग्रेस उम्मेदवारका चिरीबाबु महर्जन ११ हजार ९ सय २० मतका साथ अग्रस्थानमा छन् । महर्जनलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी एमालेका हरिकृष्ण ब्यञ्जनकारले ५ हजार ५ सय ७० मत ल्याएका छन् ।
वीरगन्ज महानगरपालिका :
वीरगन्ज महानगरपालिकामा जनता समाजवादी पार्टी नेपालका उम्मेदवार राजेशमान सिंह ११ हजार ९ सय ९५ मतका साथ अग्रस्थानमा छन् । सिंहलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी एमालेका विजयकुमार सरावगीले ५ हजार ६ सय ३५ मत ल्याएका छन् । उनीहरुबीच ६ हजार ३ सय ६० मतको मतान्तर रहेको छ ।
विराटनगर महानगरपालिका :
विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइराला १४ हजार ६१ मतका साथ अग्रस्थानमा छन् । कोइरालालाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी एमालेका सागरकुमार थापाले १० हजार ६ सय ९२ मत ल्याएका छन् । उनीहरुबीच ३ हजार ३ सय ६९ मतको मतान्तर रहेको छ ।
Discussion about this post