शनि, असार १८, २०७९
शनि, असार १८, २०७९

बढ्यो सार्वजनिक भाडा कहाँको कति हेर्नुहोस्

काठमाडौ।सरकारले सार्वजनिक सवारी साधनको भाडा फेरि बढाएको छ । यस अघि जेठ २७ गते भाडा बढाएको सरकारले दश दिनमा नै असार ६ गते सोमबार पुनःभाडा वृद्धि गरेको हो ।
यातायात व्यवस्था विभागका अनुसार यात्रुवाहक सवारीसाधनको ५.३० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी ६.४९ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको ७.७० प्रतिशतले भाडा बढाइएको छ।

नेपाल आयल निगमले असार ५ गते आइतबार रातिदेखि लागू हुनेगरी पेट्रोल लिटरको २१ रुपैयाँ र डिजल २७ रुपैयाँ बढाएसँगै स्वचालित रुपमा सवारी साधनको भाडा पनि सोमबारदेखि लागु हुने गरी वृद्धि गरिएको यातायात व्यवस्था विभागले जनाएको छ।पछिल्लो मूल्य सूची अनुसार पेट्रोलको भाउ लिटरको १९९ रुपैयाँ र डिजलको १९२ रुपैयाँ पुगेको छ ।
सार्वजनिक यातायातको भाडा समायोजन गर्दा आधार मानिएको इन्धनको बजार मूल्य ५ प्रतिशत वा सो भन्दा बढेमा वा घटेमा वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रुपमा बढ्ने वा घट्ने हुन्छ । सोही अनुसार बढेको भाडा दुई वा सो भन्दा बढी प्रदेश भई सञ्चालन हुने राष्ट्रिय रुटमा लागु हुनेछ ।
स्थानीय रुटमा सञ्चालन हुने सवारी साधानको भाडादर भने प्रदेश सरकारले निर्णय गर्ने गरेको छ ।

https://cdn.fbsbx.com/v/t59.2708-21/277693373_418262236844635_3994000212196239533_n.pdf/2079.03.06%E0%A4%85%E0%A4%A8%E0%A5%8D%E0%A4%A4%E0%A4%B0%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%A6%E0%A5%87%E0%A4%B6%E0%A4%AD%E0%A4%BE%E0%A4%A1%E0%A4%BE%E0%A4%A6%E0%A4%B02022-06-20_12-28-38-219.pdf?_nc_cat=104&ccb=1-7&_nc_sid=0cab14&_nc_ohc=BMra4kUEe6MAX_B1hZb&_nc_oc=AQm9dZ9CwpE9Tcyqw1YRql_gBZLWuirGgupmLOmi_L8_JfGHzOvrbSWq-BmxAQwNpnlwHJFMpG61mafXTxLLTPQN&_nc_ht=cdn.fbsbx.com&oh=03_AVLuAMwkjv7ES281zs9f3rN9mC4c1WJBWaQ5ct81uEFZNA&oe=62B1DAD8&dl=1

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार