नेपालमा कोरोनाबाट पहिलोपटक स्वास्थ्यकर्मीको ज्यान गयो

19
SHARES
121
VIEWS

नेपालमा कोरोना भाइरस संक्रमणबाट पहिलो पटक स्वास्थ्यकर्मीको ज्यान गएको छ। जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका अनुसार मनरा सिसवा-४ निवासी ४० वर्षीय हेल्थ असिस्टेन्टको तीन दिनअघि मृत्यु भएको हो कोरोना संक्रमण पुष्टि भएर गम्भीर बिरामी परेका उनलाई उपचारका लागि महोत्तरीबाट काठमाडौं ल्याउँदै गर्दा काभ्रेस्थित भकुन्डेबेंसी क्षेत्रमा ज्यान गुमाएका हुन्। गाउँमै औषधि पसल चलाइरहेका उनी बिरामीको सेवामा सक्रिय थिए। त्यसै क्रममा उनी बिरामी परेका थिए। भदौ ७ मा बिरामी परेपछि उनको केही दिन गाउँमै उपचार भएको थियो। तर त्यहाँ अवस्था झन् गम्भीर भएपछि थप उपचारका लागि काठमाडौं लगिएको थियो। जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख नगेन्द्रप्रसाद चौधरीले उनको ज्यान गइसकेपछि काठमाडौंमै गरिएको स्वाब परीक्षणमा कोरोना पुष्टि भएको बताएका छन्। उनको सूर्या हेल्थे केयर अस्पताल लाजिम्पाटमा गरिएको परीक्षणमा कोरोना देखिएको थियो।

ज्यान गुमाएका स्वास्थ्यकर्मीमा मधुमेह थियो भने स्टोन पनि देखिएको थियो। प्रदेश २ सरकारका कोभिड फोकल पर्सन विजयकुमार झाले पनि उनको कोरोनाका कारण ज्यान गएको पुष्टि गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार