कार्तिक -१६ स्याङ्जामा थप १० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको अद्यावधिक विवरण अनुसार आज स्याङ्जाका वालिङ नगरपालिका र पुतलीबजार नगरपालिकाका गरि ६ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो। अर्का ५८ वर्षीय संक्रमित पुरुषको भने पालिका पहिचान भएको छैन। संक्रमित हुनेहरु मध्ये वालिङ नगरपालिका वडा नम्बर ८ का ३२ वर्षीय पुरुष , वडा नम्बर ९ का ४० र ४७ वर्षीय महिला र वडा नखुलेको ४४ वर्षिय रहेका छन् । यस्तै गरि स्याङ्जाकै संक्रमित हुनेहरुमा पुतलीबजार नगरपालिका वडा नम्बर १ का ५३ वर्षिय पुरुष र ४६ वर्षीय महिला रहेका छन् । बिरुवा गाउँपालिका वडा नम्बर १ का ३२ वर्षीय , ५७ वर्षीय महिला र ३९ वर्षीय पुरुष रहेका छन् । गण्डकी प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या बढ्ने क्रममा रहेको छ। पछिल्लो अद्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या ७७०० पुगेको छ। संक्रमित सवै कन्ट्याक्ट् ट्रेसिङमार्फत पहिचान भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रबक्ता एवम् निर्देशक बिनोद बिन्दु शर्माले जानकारी दिनुभयो।



















Discussion about this post