कालीगण्डकी पोष्ट न्युज डेस्क -फागुन -२। स्याङ्जामा ६ वर्षिय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जना पुरुषलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चापाकोट नगरपालिका वडा नम्बर २ माइलीथोक बस्ने ५२ वर्षीय नामदेउ कुमाल रहेको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी एवम् प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनु भयो। चापाकोट नगरपालिका वडा नम्बर १ मा बस्ने ६ वर्षीय बालिकालाई बाख्रा हेर्न गएको बेला फागुन १ गते ४ बजेर ४५ मिनेट जादा आरोपित कुमालले जबरजस्ती करणी गरेको जाहेरी पश्चात् कुमाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी एवम् प्रबक्ता अधिकारी जानकारी दिनु भयो। आरोपित पक्राउ परेका कुमाललाई जिल्ला अदालत स्याङ्जाबाट सात दिनको म्याद लिएर थप अनुसन्धान कार्य अगाडि बढाइएको समेत अधिकारीले जानकारी दिनु भयो।



















Discussion about this post