गुल्मीमा थप १२ जना कोरोना संक्रमित थपिए

20
SHARES
110
VIEWS


१५ भदौ, गुल्मीमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा जिल्लाको चन्द्रकोट गाउँपालिकाका ७ जना र इश्मा गाउँपालिकाका ५ जनामाकोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए । चन्द्रकोट गाउँपालिकाका २२, २७, २८ बर्षका महिलाहरु र ३८, ५१, ६१ र ६६ बर्षका पुरुषहरु रहेका छन् । त्यस्तै इश्मा गाउँपालिका ३७ र ६६ बर्षका महिलाहरु र १५,१७,१९ बर्षका पुरुषहरु रहेका छन् । जिल्लामा हालसम्म ४ सय जना कोरोना संक्रमित पुगेको छ । सक्रमितमध्ये ३६६ जना कोरोना मुक्त भएर घर फर्किका छन् । जिल्लामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार