सुमन ढकाल,काठमान्डौ।
सर्जक तथा संगीतकार गोविन्द पंगेनीको शब्द संगीतमा नयाँ गीत “खान्छ कुटुक्कै ” बोलको
गीतले चर्चा पाउन थालेको छ।
गायक गोविन्द पंगेनी र शान्ति श्री परियारको आवाजमा रहेको गीत “खान्छ कुटुक्कै” मोडल विष्णु कुवरको युटुब च्यानल बाट देशभर सार्बजनिक भएको छ।
गीतका शब्दमा मिठासपन देखिएको छ। उस्तै मिठो भाका तथा आवाज गीतमा सजिएको छ। टिकटक देखि युटुव सम्म गीतले लोकप्रिय कमाउदै आएको देख्न सकिन्छ । छोटो समयमा धेरैले मन पराएको गीत मध्य एक हो खान्छ कुटुक्कै।
भिडियोमा विष्णु कुवर वर्षा क्षेत्री मसुप क्षेत्रीले मनमोहक अभिनय गरेका छन्। विष्णु कुवर धेरै गीतमा मोडलिडं गर्दै जमेका कलाकार हुन्। यो गीतको अमित सुनारले भिडियो निर्देशन गरेका हुन् भने प्रकाश खड्काले छायांकन गरेका हुन् संगै सम्पादन भने राजकुमार मगरले गरेका हुन् ।
पुरा भिडियो हेर्नुहोस्ः
https://youtu.be/KIr4tvnTUmM




















Discussion about this post