पाल्पा पहिरोमा बेपत्ता ६ मध्ये ४ को शव फेला

13
SHARES
112
VIEWS


विष्णु पान्डेय
अशोज ९ पाल्पा
जिल्लाको रम्भा गाउँपालिका २ फोक्सिङकोटमा पहिरोमा परी बेपत्ता ६ जना मध्ये चार जनाको शव फेला परेको छ । विहिबार एक जना र शुक्रबार विहान तीन जना गरी चार जनाको शव फेला परेको हो । फोक्सिङ्कोट सुरुङडाँडामा विरबहादुर गाहाको पहिरोले घर पुरिदा बेपत्ता २७ वर्षीया मोतिसरा गाहाको विहिबार नै शव भेटिएको हो, भने शुक्रबार फोक्सिङकोट बेलौजाका १७ वर्षीया कृष्णामाया गाहा (छोरी), १४ वर्षीया खुमीसरा गाहा (नातिनी) र ८ वर्षीया लक्ष्मी गाहा (नातिनी) को शव फेला परेको प्रहरी कार्यालयका सूचना अधिकारी तथा डिएसपी मदन गिरीले बताए ।
पहिरोमा पुरिएर ६३ वर्षीय हुमबहादुर गाहा र उनकी श्रीमती ४७ वर्षीया धनीसरा गाहाको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । नेपाली सेना, प्रहरी र प्रहरी बल, स्थानीय बासिन्दा खोजी कार्यमा जुटेका छन् । निरन्तर परेको झरी र पहिरो जाने क्रम नरोकिएपछि शुक्रबार बिहानबाट मात्रै बेपत्ताहरुको खोजीकार्य सुरु भएको हो । निरन्तरको अविल वर्षाले विहिबार पहिरोले फोक्सिङकोट सुरुमडाँडामा एक र बेलौजाका दुई घर पुरिएका थिए । अविरल वर्षासँगै घरमाथिबाट आएको पहिरोले घर पुरिदा ६ जना बेपत्ता भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार