रिडि रुरु कन्या सप्लायर्स द्वारा खेलकुद सामाग्री हस्तान्तरण

16
SHARES
132
VIEWS


चिरन्जिवि ज्ञवाली,कार्तिक २-गुल्मी युवा समाज सेवी तथा नेकपा गुल्मी का सचिवालय सदस्य,पार्टी का तर्फबाट राष्ट्रिय युवासंघ नेपाल गुल्मी इन्चार्ज तथा पार्टी रुरुक्षेत्र गाउँपालिका का इन्चार्ज हिमाल श्रेष्ठ को विशेष पहलमा रुरु कन्या सप्लायर्स ( संरक्षक ता न पा१४ निवासी शङ्कर प्रसाद भट्टराई ,मिना भट्टराई तथा छोराहरु समीर अमिर ,सम्राट् र छोरी सगुन भट्टराई ) द्वारा FC रिडी लाई खेलकुद सामग्रीहरु हस्तान्तरण भएको छ।
( फुटबल ड्रेस -१५ सेट,रेफ्री को लागि ड्रेस -२ सेट,लाइन्स मेन ड्रेस -२ सेट ,लाइन्स झण्डा,कर्नर झण्डा,स्कोर बोर्ड ) लगाएत का सामाग्री हस्तान्तरण कार्यक्रम,सम्पन्न भएको छ ,कार्यक्रम मा नेकपा का नेता हिमाल श्रेष्ठ ,रुरु कन्या सप्लायर्स का संरक्षक शंकर प्रसाद भट्टराई ,मदन भण्डारी स्पोर्ट्स एकेडमी गुल्मी का वरिष्ठ उपाध्यक्ष नवराज बि क ,राष्ट्रिय युवा संघ नेपाल गुल्मीका सदस्य प्रेम भण्डारी ,मदन भण्डारी स्पोर्ट्स एकेडेमी रुरुक्षेत्र गाउँपालिका का अध्यक्ष चिरञ्जीवी ज्ञवाली ,FC रिडी का खेलाडीहरु तथा खेल प्रशिक्षक मोहन तरामु मगर सहभागी हुनुहुन्थ्यो । सो सामग्री ग्रहण गर्दै FC रिडी का अध्यक्ष प्रयास कसजु ,टिम क्याप्टेन अशेष श्रेष्ठ को साथमा खेलाडी युवाहरु रिडी खेल मैदान रिडी गुल्मीमा जुटेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार