रामपुर नगरपालिका चार दिनका लागि बन्द

12
SHARES
99
VIEWS

कार्तिक -२ , कोरोना संक्रमण समुदाय स्तरमा फैलिएको भन्दै पाल्पाको रामपुर नगरपालिकाले चार दिनका लागी अत्यावश्यकका बाहेक सम्पूर्ण सेवा बन्द गरेको छ। नगरपालिकाका कर्मचारी , जनप्रतिनिधि , स्वास्थ्य संस्थाका कर्मचारी , समुदाय स्तरका व्यक्ति , ब्यापार व्यवसायीहरुको स्वाब संकलङन गरि पिसिआर परिक्षणका लागि पठाइएकोमा केहि कर्माचारी , व्यावसायी र समुदायस्तरका केही व्यक्तिहरुमा कोरोना पोजिटिभ देखिएकोले भोलि ३ गते बाट लागू हुने गरि ६ गतेसम्म कार्यलय बन्द गर्ने नगरपालिकाले निर्णय गरेको छ। नगरपालिकाका स्वास्थ्य संस्थाहरु बाहेक सम्पूर्ण वडा कार्यलयहरु समेत बन्द हुने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार