मंसिर -१५ स्याङ्जामा आज थप ७ जना कोभिड -१९ अर्थात कोरोना भाइरसका संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको नियमित अद्यावधिक विवरण अनुसार आज कोरोना संक्रमणको पुष्टि हुनेहरुमा वालिङ नगरपालिकाका वडा नम्बर नखुलेका ५७, २५ , ६०, ५६ र २८ वर्षका महिलाहरु र वडा नम्बर ९ का ३३ वर्षिय पुरुष र पुतलीबजार नगरपालिका वडा नम्बर २ का २२ वर्षाका पुरुर्ष रहेका छन् । आज संक्रमणको पुष्टिहुनेहरुको स्वाब नमुना परिक्षण क्षयरोग उपचार केन्द्र पोखरा र लाईफ केयर एण्ड डायग्नोस्टिक प्रालिमा परिक्षण गरिएको कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक एवम् प्रबक्ता डा. बिनोद बिन्दु शर्माले जानकारी दिनुभयो। आज थप ७ जना गरि स्याङ्जामा कोरोना संक्रमितको कुल सङ्ख्या ७२२ पुगेको छ।
Discussion about this post