दश महिना पछि प्रसिद्ध ऋषिकेशको मन्दिर दर्शनार्थिको लागि खुला

14
SHARES
115
VIEWS


चिरञ्जीवी ज्ञवाली,पौष-४।ऐतिहासिक तथा धार्मीक रुरु धामकाे प्रसिद्ध पाल्पा जिल्लामा पर्ने ऋषिकेश मन्दिर शुक्रबार देखि दर्शनार्थीका लागि खुल्ला गरिएकाे छ ।
मन्दिर व्यवस्थापन समितीकाे विहीवार वसेकाे बैठकले काेभिड सँक्रमणका कारण बन्द मन्दिर दर्शनार्थीका लागि खुल्ला गर्ने निर्णय गरे बमोजिम शुक्रवार देखि मन्दिर खुल्ला गरिएकाे हाे ।
काेराेना सँक्रमणबाट बच्न मास्क सेनिटाइजरकाे प्रयाेग सँगै सामाजिक दुरी कायम गर्दै दर्शनार्थीलाइ मन्दिरमा पुजा अाजाकाे व्यवस्थापन मिलाइएकाे ऋषिकेश मन्दिर व्यवस्थापन समिति का अध्यक्ष पर्शुराम भट्टराइले बताउनु भयाे ।
मन्दिर परिसरमा काेराेना सँक्रमणबाट बच्न सावन पानी सेनिटाइजर काे व्यवस्था मन्दिर व्यवस्थापन समितिले गरेकाे छ ।
व्यवस्थापन समितिकाे बैठकले मन्दिरमा अाउने भक्तजन हरुका लागि भाेजन अावासकाे प्रवन्ध काे तयारी गरेका तानसेन नगरपालिका वडा न १४ का वडाध्यक्ष कमल रानाले बताउनु भयाे ।
करिव ४ सय जति लाई भाेजन र अावासकाे समेत व्यवस्थापन गर्ने गरि भाँडा र बेड विस्तरा खरिद गर्ने निर्णय गरेकाे वडाध्यक्ष रानाले बताउनु भयाे ।
पछिल्लो चरणमा ऋषिकेश मन्दिर का गुठि जग्गाकाे प्रचलित तिराे भराेकाे साथै भेटि व्यवस्थापन काे तयारी समेत गरेकाे नगरपालिका वडा न १४ का वडाध्यक्ष कमल राना ले जनाउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार