भोलि बाट पुनः जोरबिजोर प्रणाली काठमाडौ उपत्यका र २०० भन्दा सक्रिय कोरोना संक्रमण भएका जिल्लामा

82
SHARES
109
VIEWS

काठमाण्डाै – सरकारले भाेलि बिहीबारदेखि सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गरेको छ । देशैभरि कोरोना सङ्क्रमण फैलिएको भन्दै गृह मन्त्रालयले बिहीबारदेखि फेरि जोर–बिजोर लागू गर्ने निर्णय भएको जनाएको छ ।

काठमाण्डौ उपत्यका र दुई सयभन्दा धेरै सङ्क्रमित रहेका जिल्लामा बिहीबारदेखि नै जोर–बिजोर प्रणाली लागू हुने गृहले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

यस्तै काठमाण्डौ प्रवेश गर्ने ढुवानीबाहेकका सबै गाडीलाई बेलुकी ७ देखि बिहान ७ बजेसम्म प्रवेशमा रोक लगाइएको छ । कोरोना सङ्क्रमण बढ्दै गएका जिल्ला क्रमशः बन्द गर्दै जाने र परीक्षण बढाउन आग्रह गर्ने पनि गृहले जनाएको छ ।

अन्तर्राष्ट्रिय सीमा नाकामा थप कडाइ गर्ने र सामूहिक भोज भतेर र समारोह पूर्ण रुपमा बन्द गर्ने पनि गृह मन्त्रालयले जनाएको छ ।

सरकारले जारी गरेको प्रेस बिज्ञप्ति
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार