स्याङ्जाको गल्याङ नगरपालिकाका विभिन्न स्थानमा किसानहरुलाई थुनेलो नियन्त्रणका लागि औषधी वितरण गरिएको छ ।
गल्याङ नगरपालिका पशु शाखाको आयोजनामा गाई तथा भैसी पालक किसानहरुलाई थुनेलो नियन्त्रणका लागि औषधी वितरण गरिएको हो ।
नगरपालिका वडा नम्बर १ र दुईमा गाई पालन गरिरहेका किसानहरुलाई थुनेलो नियन्त्रणको औषधी वितरण साथै पछिल्लो समय गाईमा देखिएको रोगको बारेमा सचेतना पनि जगाइएको छ ।
नेपालका विभिन्न स्थानहरुमा देखिएको लम्की स्किन डिजीज रोगबारे किसानहरुलाई पशु चिकित्सक तथा प्राविधिकहरुबाट जानकारी गराइएको हो ।
कार्यक्रममा गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद पाण्डेले दूध उत्पादन वृद्धि गर्न औषधी प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।
Discussion about this post