भोलि बाट सवारी पास वितरण स्याङ्जामा पनि बन्द

122
SHARES
102
VIEWS


भोलि अर्थात साउन २९ गते बाट एक जिल्ला बाट अर्को जिल्लामा प्रवेशका लागि दिइने सम्पूर्ण सवारी पास बन्द गरिएको छ।
गृह मन्त्रालयले सम्पूर्ण जिल्ला प्रशासन कार्यालयलाई सवारी पास बन्द गर्न निर्देशन दिएको छ। भोलि बिहीबारदेखि लागू हुनेगरी सवारी पास वितरण नगर्न सबै जिल्ला प्रशासन कार्यालयालई निर्देशन दिइएको हो।
गृहमन्त्रालयद्वारा सबै जिल्ला प्रशासनलाई दिइएकाे निर्देशनमा भनिएको छ ‘कोभिड १९ को जोखिमलाई मध्यनजर गर्दै अर्को व्यवस्था नहुन्जेलसम्मका लागि सवारी पास वितरण नगर्न, नगराउनुहुन आदेशअनुसार अनुरोध छ।’
अब एक जिल्लाबाट अर्को जिल्लामा सवारी लिएर जान नपाइने भएको छ। पछिल्लो समय कोरोनाभाइरसको संक्रमण बढ्दै जाँदा सरकारले सवारी सञ्चालन तथा आवतजावतमा कडाई गरेको हो। स्याङ्जा जिल्ला प्रशासनले पनिले गृह मन्त्रालयको आदेश अनुसार सवारी पास वितरण बन्द गर्ने जानकारी प्रमुख जिल्ला अधिकारी गङ्गा बहादुर क्षेत्रीले बताउनु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार