काठमाण्डाै – नेपालमा पछिल्लाे २४ घण्टामा पाँच सय २५ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २४ हजार नाै सय ५७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
साथै पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु भएसँगै मृतककाे कुल सङ्ख्या ९५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयको नियमित प्रेस बिफ्रिङमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले अहिलेसम्म ७३ जना पुरुष र २२ जना महिला गरी ९५ जनाको मृत्यु भएकाे जानकारी दिनुभयो ।
मन्त्रालयका अनुसार महोत्तरी, धनुषा, अछाम र मोरङ जिल्लामा एक/एक जना गरी चार जनाको मृत्यु भएको हो ।
प्रदेश नम्बर १ मा आठ, दुईमा ३९, वाग्मती प्रदेशमा १८, गण्डकी प्रदेशमा ६, प्रदेश ५ मा १२, कर्णाली प्रदेशमा चार जना र सुदूरपश्चिम प्रदेशमा आठ जनाको मृत्यु भएकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै अहिलेसम्म १६ हजार आठ सय ३७ जनाले कोरोनालाई जितेका छन् । अहिले देशका विभिन्न ठाउँको आइसोलेशनमा
Discussion about this post