नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९५ पुगेको छ ।
बिहीबार थप ४ जना कोरोना संक्रमितको मृत्यु भएसंगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
बिहीबार पुष्टि थपिएका मृतकमा महोत्तरी मटिहानीका ४५ वर्षीय पुरुष, धनुषा मिथिलाकी ८५ वर्षीया महिला, अछामका १८ वर्षीय पुरुष र मोरङ्ग विराटनगरका ५७ वर्षीय पुरुष हुन् ।
पछिल्लो २४ घण्टामा ५ सय २५ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २४ हजार ९ सय ५७ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले बताए । हाल सक्रिय संक्रमितको संख्या ८ हजार २५ रहेको छ ।
पछिल्लो २४ घण्टामा एक सय ९ जनामात्र संक्रमणमुक्त भएका छन् ।योसंगै संक्रमणमुक्त हुनेको संख्या १६ हजार ८ सय ३७ रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा ९ हजार ८ सय ५९ जनाको पीसीआर परीक्षण भएको र ८ हजार २५ जना आइसोलेसनमा रहेको प्रवक्ता गौतमले जानकारी दिए ।
Discussion about this post