असोज -२६। स्याङ्जाको कालीगण्डकी गाउँपालिकाद्वारा संचालित नमुना बारिचौर व्यवसायीक फूल खेतीमा चाडपर्व, बिवाह र ब्रतबन्धका लागि आवश्यक पर्ने सयपत्री फूल तथा मालाहरु बिक्रीवितरणका लागि तयार भएका छन् । कालीगण्डकी गाउँपालिकाको वडा नम्बर ७ बारीचौरमा पालिकाद्वारा फूल खेती गरिएको र खेती अन्तर्गत फूल बिक्रीवितरणका लागि तयार भएको कालीगण्डकी गाउँपालिकाका प्रशासकीय अधिकृत दिनेश ज्ञवालीले जानकारी दिनु भयो।
पालिकाको वडा नम्बर ७ मा अवस्थित लालीगुराँस होमस्टे बारीचौरलाई फूल फूलैको नमुना होमस्टे बनाउने उदेश्य समेत रहेको प्रशासकीय अधिकृत ज्ञवालीले जानकारी दिनु भयो। पछिल्लो समयमा बजारमा फूलहरुको अभाव हुँदा प्लास्टिकका फूलहरुको प्रयोगमा वृद्धि आएको थियो।
Discussion about this post