कार्तिक -१३ पाल्पा-जिल्लाको सामाजिक कार्यमा सकृय रहेको सस्था सधै परिवर्तनका लागि भन्ने नारालाई आत्मसात गर्दै स्थापित पहिलो पाइला नेपाल तानसेन पाल्पा शाखाले फरक ढङ्गको कार्यक्रम गरेको छ ।
समाजमा सकारात्मक सन्देश फैलाउने उधेश्यका साथ ईलाका प्रहरी कार्यलय मुझुङ्ग पाल्पामा सन्देशमुलक बोर्ड हस्तान्तरण कार्यक्रम सप्पन्न गरेको छ ।पहिलो पाइला नेपाल तानसेन पाल्पा शाखाका निबर्तमान अध्यक्ष ईश्वर ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी रैनादेबी छहरा गापा वडा न ५ का वडा अध्यक्ष हुमानसिङ्ग कार्की ,विशिष्ट अतिथी नेपाल सरकारका पुर्ब डिआइजी तथा समाजसेवी राम कार्की ,अतिथीहरु प्रहरी नायब निरीक्षक रामचरण चौधरी ,प्रहरी हवलदार सुक बहादुर मर्साइ ,भिम बहादुर सुनार ,कार्यक्रम संयोजक तथा सस्थाका कोषाध्यक्ष किशोर पौडेल ,सस्थाका सहसचिब प्रदिप ज्ञवाली ,कालिका माबीका शिक्षक पोसण राना तथा विभिन्न समाजसेवीको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख अतिथी कार्कीले सस्थाले गरेको महान काम लागि धन्यवाद दिनुको साथै आगामी दिनमा सहकार्य गरि अगाडि बड्ने प्रतीबद्वता जनाउनु भएको थियो ।
कार्यक्रमका विशिष्ट अतिथि पुर्व डि आइ जि एवम समाजसेवी राम बहादुर कार्कीले सामाजिक कार्य गर्न स्थापित भएको सस्थाले समुदायका नागरिकहरूलाई सचेतना बनाउनका लागि बोड हस्तान्तरण गरेकोमा धन्यवाद दिनुभयो । उक्त सन्देश मुलक बोर्ड प्रमुख अतिथि हुमानसिङ्ग कार्की र बिशिस्ट अतिथी राम कार्कीले हस्तान्तरण गर्नु भएको थियो । सस्थाका सहसचिब प्रदिप ज्ञवालीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन सचिब सुबास पोखरेलले गर्नु भएको थियो ।
Discussion about this post