काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले बढेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन आज नेप्से परिसूचक ५५।५० अङ्कले बढेर दुई हजार ८३७।६१ मा पुगेको छ ।
यस्तै ठूला कम्पनीको शेयर कारोबार मापक परिसूचक सेन्सेटिभ ९।४६ अङ्कले बढेर ५३०।४६ मा पुगेको छ । कूल २३२ कम्पनकिो एक करोड ३८ लाख ९९ हजार ३२२ कित्ता शेयर रु सात अर्ब ८२ करोड ३२ लाख २६ हजार ४९३ मूल्यमा खरिद बिक्री भए ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये आज बैंकिङ उपसमूहको शेयर मात्रै ओरालो लागेको छ ।
Discussion about this post