विन्ध्यवासिनी हाइड्रोपावरको आईपीओ बाँडफाँड भोलि, कतिको हुदैछ हात खाली?

20
SHARES
166
VIEWS

विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ भोलि बाँडफाँड हुने भएको छ । आईपीओ बाँडफाँड धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा हुनेछ ।

आईपीओ बाँडफाँड कार्यक्रम दिउँसो ३ बजेपछि हुने सानिमा क्यापिटलले जनाएको छ । यो कम्पनीले गत जेठ २० गतेदेखि जेठ २५ गतेसम्म आईपीओ बिक्री गरेको थियो ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका १५ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । कम्पनीले कुल कित्तामध्ये ६० कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरी र ७५ हजार कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँड गरी बाँकी हुन आउने १३ लाख ६५ हजार कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरेको थियो ।

आईपीओमा निष्कासनको अन्तिम दिनसम्म कुल १८ लाख ४८ हजार ७०१ आवेदकबाट २ करोड १९ लाख ७२ हजार ५२० कित्ता माग भएको छ । मागभन्दा बढी आवेदन परेकै करण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँट हुनेछ ।

गोलाप्रथाबाट भाग्यमानी १ लाख ३६ हजार ५०० जनाले १० कित्ताका दरले सेयर पाउनेछन् । बाँकी १७ लाख १२ हजार २०१ आवेदकको हात खाली हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार