गृह जिल्लामा राजु परियार सम्मानित

16
SHARES
135
VIEWS

लमजुङ, १० मंसिर

नेपाली लोक दोहोरी क्षेत्रका लोकप्रिय गायक लोक राजु परियारलाई गृह जिल्ला लमजुङमा सम्मान गरिएको छ । परियारलाई लमजुङ गाउँशहर समाजले अभिनन्दनसहित सम्मान गरेको हो ।

लोकदोहोरीको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै परियारलाई सम्मान गरिएको लमजुङ गाउँशहर समाजका संयोजक एवं सांस्कृतिक संघका केन्द्रीय अध्यक्ष तीर्थबहादुर थापाले बताए ।

परियारलाई नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङ र लमजुङ गाउँशहर समाजका संयोजक थापाले सम्मान गरेका हुन् ।

गायक राजु परियारसँगै उपकुलपति गुरुङ, त्रिभुवन विश्वविद्यालय इतिहास विभागका विभाग प्रमुख डा. बमबहादुर अधिकारी र गाउँशहरका ज्येष्ठ नागरिक १ सय ४ वर्षीय रामबहादुर मालुवालाई अभिनन्दन गरिएको सशस्त्र प्रहरीका पूर्व एआइजी एवं लमजुङ गाउँशहर समाजका सदस्य रोहित थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार