स्याङ्जाको कालीगण्डकी गाउँ पालिकाको प्रशासकीय भवनको निर्माण कार्य सुरु भएको छ। भवनको शिलान्यास एक कार्यक्रमको बिच कालीगण्डकी गाउँ पालिकाका अध्यक्ष खिम थापा मगरले गर्नुभएको हो। कालीगण्डकी गाउँ पालिकाको आफ्नै भवन नहुँदा हाल बिर्घा कट्टीमा अवस्थित साविकको गाविस भवन बाट पालिकाले सेवा दिइरहेको छ। आज बाट निर्माण कार्य सुरु भएको कालीगण्डकी गाउँ पालिकाको भवन २०७८ सालको असोज महिना निर्माण कार्य सम्पन्न हुने गाउँ पालिकाका अध्यक्ष खिम थापा मगरले कालीगण्डकी पोष्ट लाई बताउनु भयो। सात करोड ७० लाख ९७ हजार लागतमा निर्माण हुन लागेको भवन निर्माणको जिम्मा भने श्याम सुन्दर निर्माण सेवा कम्पनी काठमाडौले लिएको छ। कालीगण्डकी गाउँ पालिकाको गहलाममा निर्माण हुन लागेको भवन समयमै निर्माण कार्य सम्पन्न हुने अपेक्षा राखिएको छ।
Discussion about this post