काठमाडौं, १४ मंसिर
गुरुङ स्पोर्ट्स हाउसको आयोजनामा सञ्चालित प्रथम गुरुङ स्पोर्ट्स हाउस कप राष्ट्रिय खुला भेट्रान्स पुरुष भलिबल प्रतियोगिता मंगलबार सुरु भएको छ ।
मंगलबार नयाँ बसपार्क स्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमा भएको पहिलो दिनको खेलमा प्रदेश नम्बर एक रातो र मण्डली पाल्पाले जित हात पारेका छन् ।
प्रदेश एकले रोल्पालाई २५–१६,२५–२० ले हरायो । यसैगरी पाल्पाले सिवाडोल भक्तपुरमाथि २५–२२, २५–२३ को सफलता पायो ।
जारी प्रतियोगिताको लागत १५ लाख रुपैयाँ रहेको छ । प्रतियोगितामा १६ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा ४० वर्ष भन्दामाथिको खेलाडीहरूको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले १ लाख ११हजार १ सय ११ रुपैयाँ पुरस्कार पाउने छ । यसैगरी, उपविजयी टोलीले ६१ हजार १सय ११ तथा तेस्रो हुने टोलीले ३१ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाउने छन् । चौथो हुने टोलीले ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाउने छन् ।
प्रतियोगिता नकआउटको आधारमाहुने छ । एक टोलीमा पाँच खेलाडी समावेश हुन् छन् । चार खेलाडी मैदानमा उपिस्थित हुने प्रावधान छ ।
Discussion about this post