स्याङ्जामा भरुवा बन्दुक र गाजा सहित एक जना पक्राउ

37
SHARES
309
VIEWS

पुस -५
स्याङ्जामा प्रहरीले अवैध भरुवा बन्दुक र गाजासहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको भिरकोट नगरपालिका वडा नम्बर ७ खिलुङका ४५ वर्षका डुल बहादुर रोका रहेका छन् । पक्राउ परेका डुल बहादुर रोकाको घरबाट बिक्रीवितरणका लागि लुकाएर राखिएको १४ के.जि. सुकेको गाजा र एक नाले भरुवा बरामद गरिएको जिल्ला प्रहरी स्याङ्जाका सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनु भयो। सूचना अधिकारीका अनुसार पक्राउ परेका रोकालाई लागु औषध सम्बन्धि कसुर र हातहतियार सम्बन्धि कसूर मुद्दामा दर्ता थप अनुसन्धान कार्य भैरहेको छ। स्याङ्जामा पछिल्लो पटक गाजा सहित पक्राउ पर्ने हरुको सङ्ख्यामा वृद्धि आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार