एसईई खारेज गर्न माग!

24
SHARES
196
VIEWS

प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले एसईई नगर्नु भनेर सरकारलाई दिएको निर्देशन कार्यान्वयन गर्न ध्यानाकर्षण गराएको छ। १२ कक्षासम्म विद्यालय तहको शिक्षा भएकाले एसईई खारेज गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई समितिले निर्देशन दिएको हो।
यस्तै, शिक्षा तथा स्वास्थ्य समितिले मेडिकल कलेजमा सरकारले तोकेभन्दा बढी शुल्क लिएको विषयमा सत्य तथ्य बुझेर समस्या समाधान गर्न र सरकारले शिक्षासम्बन्धी ल्याउने विधेयक तथा ऐन छिटो ल्याउन सरकारलाई निर्देशन दिएको छ।

प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बिहीबार बसेको बैठकले मेडिकल कलेजमा सरकारले तोकेभन्दा बढी शुल्क लिएको विषयमा सत्य तथ्य बुझेर समस्या समाधान गर्न निर्देशन दिएको हो। त्यस्तै समितिले शिक्षासम्बन्धी विधेयक तथा ऐन छिटो ल्याउन पनि सरकारलाई निर्देशन दिएको छ।

यसभन्दा अघि पनि मेडिकल कलेजमा शुल्क बढी लिएको विवाद भएको भन्दै सभापति घर्तीले अहिलेको विषय के हो सत्य तथ्य बुझेर समस्या समाधान गर्न निर्देशन सरकारलाई निर्देशन दिइन्। सभापति घर्तीले सरकारले प्रतिबद्धता गरे अनुसारका शिक्षा विधेयक तथा ऐन पनि तत्काल ल्याउन निर्देशन दिएकी थिइन्।
२९ जेठ २०७७ मा समितिले एसईई खारेज गर्न सरकारलाई निर्देशन दिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार