चुरामणि तिमिल्सिना
पुस -२६ रुरु क्षेत्र गाउँपालिका वडा न १ का २ जना उदयमान ब्याडमिन्टन खेलाडीलाई रुरुक्षेत्र गाउँपालिका वडा न १ को वडा कार्यलयमा युवा समाजसेबि हरुको सहभागीतामा सम्मान गरिएको हो। रुरु १ का विवेक शर्मा , र जेनिश शेर्चन लाई खेल जगतको शुभकामना प्रदान गर्दै खादा टीका र उपहार प्रदान गरि सम्मान गरिएको हो । सम्मान कार्यक्रममा वडा न १ का वडा अध्यक्ष रामलाल बिक , समाजसेबि यदु ज्ञवाली , कमल श्रेष्ठ बिष्णु ज्ञवाली अशोक श्रेष्ठ ,ज्ञानेन्द्र रावल रामु शर्मा लगायतको सहभागीता रहेको थियो ।
मायाको चिनो प्रदान गर्दै यदु ज्ञवालीले आफ्नो देशको पहिचान गराउन खेलाडीहरु निरन्तर रुपमा लागि रहेकोले यस्ता खेलाडी लाई समय समयमा तालिमको ब्याब्स्था गर्नु पर्ने र विभिन्न क्षेत्रमा खेलमा जगाउन राज्यले प्राप्त लगानी गर्नु पर्ने बताउनु भयो । दुबै खेलाडी यश क्षेत्रका ब्याडमिन्टनका गहना भएकोले वडा हरेक समयमा सहयोग पुर्याउने र आबस्य्क परेमा तालिमको समेत समन्वय गर्न परेमा निरन्तर लाग्ने अध्यक्ष बिकले बताउनु भयो। खेलाडी पाल्पा बाग्लुङ र गुल्मीमा प्रथम स्थान हासिल गर्न सफल भएका थिए । कार्यक्रमको सहजिकण शेष नारायण मरासिनिले गर्नु भएको थियो।
Discussion about this post