पुस -२८
पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। निस्दी गाउँपालिका ७ सिन्धुरे भन्ने स्थानमा लु ६ प १५२३ नम्बरको मोटरसाइकल उकालो बाटोमा अनियंत्रित भएर पल्टिँदा उक्त दुर्घटना हुन पुगेको जिल्ला प्रहरी कार्यलय पाल्पाले जनाएको छ।
दुर्घटनामा परि मृत्यु हुनेमा जिल्लाको निस्दी गाउँपलिका वडा नम्बर ७ बस्ने ओम बहादुर गाहा मगर रहेका छन् । बाइकमा सवार निरमाया गाहाको टाउकोमा सामान्य चोट लागेको छ।
दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
Discussion about this post