माघ -१३
चुरामणि तिमिल्सिना
गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर १ रिडी रातामाटामा अटिजम पाठशाला नेपाल रिडीको अनौपचारिक समारोहका बीच शिलान्यास समारोह कार्यक्रम सम्पन्न भएको छ ।
रुरुक्षेत्र गाउँपालिकाको समपुरक बजेट ५० लाख र १० लाख लुम्बिनी प्रदेश सरकारको बजेटबाट पहिलो चरणमा ६ कोठे निर्माण सम्पन्न हुने पालिकाका अध्यक्ष एवम शिलान्यास कार्यक्रमका प्रमुख अतिथी अध्यक्ष गौतमले जानकारी दिनुभयो ।
असार मसान्तसम्म सम्पन्न हुने भवनको जिम्मेवारी रुरुकन्या निर्माण सेवा प्रा. लि. तानसेन नगरपालिका वडा न १४ ले पाएको हो ।
समारोहमा पालिकाकी उपाध्यक्ष लक्ष्मी पन्थ प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौडेल ,जनप्रतिनिधि , सुरक्षा स्थानिय राजनैतिक दलका प्रमुखहरु पत्रकार समाजसेबि बर्गहरु , महिला समुहका प्रमुखरु निर्माण कम्पनीका प्रमुखहरु लगायतको आथीत्यता रहेको थियो। कार्यक्रममा भूमिदाता तुल्सी कुमार श्रेष्ठ , राम प्रसाद ज्ञवालीलाई जगा प्रदान गरि ठूलो सहयोग प्रदान गर्नु भएकोमा गाउँपालिका परिवारले धन्यवाद दिएका थिए। कार्यक्रमको सहजीकरण बिष्णु प्रसाद भण्डारीले गर्नुभएको थियो हाल यश पाठशालामा ८ जना बिद्यार्थी रहेका छन् ।
Discussion about this post