मगर दिवसको अवसरमा कालीगण्डकी गाउँपालिकामा आइतबार सार्वजनिक बिदा

46
SHARES
386
VIEWS

यम सोमै
फागुन -१३- आइतवार मगर दिवसको अवसरमा सार्वजनिक बिदा दिइएको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले आइतबार राष्ट्रिय मगर दिवशको अवसरमा फागुन १५ गते सार्बजनिक विदा दिएको हो ।

कालीगण्डकी गाउँलालिकाले जारी गरेको सूचनामा सार्बजनिक विदा सम्बन्धि सूचनामा फागुन १५ गते मगर दिबशको अवसरमा नगर भित्र रहेका सम्पूर्ण सरकारी कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था एवम् सार्बजनिक निकायहरुमा सार्बजनिक विदा दिने निर्णय भएको उल्लेख छ ।

स्याङ्जाको कालीगण्डकीमा मगर जातीको बाहुल्यता रहेकोले १५ गते सार्वजनिक विदा दिइएको कालीगण्डकी गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत हिरामणी पाण्डेले जानकारी दिनु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार