भगवती जनकल्याण युवा क्लबद्वरा भलिबल प्रतियोगिता सम्पन्न

23
SHARES
190
VIEWS

फागुन -२४

स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा अवस्थित श्री भगवती जनकल्याण युवा क्लबले आयोजना गरेको साविकको वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता र पालिका वडा स्तरीय महिला भलिबल प्रतियोगिता सम्पन्न गरेको छ।
आज सम्पन्न भएको खेलमा कालीका युवा क्लब कालीगण्डकी -१,प्युघा प्रथम , आयोजक श्री भगवती जनकल्याण युवा क्लब रिप्दी द्वितीय र लाङ्हघाली लफा समूह यक्सिङ गुल्मीले तृतीय स्थान हासिल गर्न सफल भएको छ । यस्तै गरि महिला तर्फको खेलमा बिर्घा युथ क्लब कालीगण्डकी -४ बिर्घा , द्वितीय श्री भगवती जनकल्याण युवा क्लब कालीगण्डकी -१ रिप्दी र तृतीय आलम देवी लसर्घा वडा रहेका छन् ।
प्रतियोगितामा पुरुष तर्फ प्रथम पुरस्कार नगद रु ५०,०००/- मेडल र प्रमाणपत्र , द्वितीय पुरस्कार नगद रु २५,०००/- मेडल र तृतीय पुरस्कार नगद रु १५,०००/- मेडल र प्रमाण पत्र रहेको छ। यस्तै गरि महिला तर्फ प्रथम पुरस्कार नगद रु १५,०००/- मेडल र प्रमाणपत्र , द्वितीय पुरस्कार नगद रु १०,०००/- मेडल प्रमाणपत्र र तृतीय पुरस्कार नगद रु ५,०००/- मेडल र प्रमाणपत्रको रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार