स्याङ्जामा सडक दुर्घटनामा परि एक जनाको मृत्यु

61
SHARES
511
VIEWS

चैत -७

स्याङ्जामा सडक दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परि मृत्यु हुनेमा सुद्दोदन गाउँपालिका वडा नम्बर ५ रुपेन्देहीका जितेन्द्र पटेल रहेका छन् ।

जिल्ला प्रहरी कार्यलय स्याङ्जाले दिएको जानकारीका अनुसार मृतक पटेल स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर ३ गल्याङमा संचालित कुशल मोटरसाइकल वर्कसपमा कार्यरत थिए ।

दुर्घटनामा परेका पटेल सवार ग १५ प ७४४७ नम्बरको मोटरसाइकल र लु २ ख ५२९० नम्बरको फोर्स जिप गल्याङको नब्बे भन्ने स्थानमा एकआपसमा ठोकिदा उक्त दुर्घटना हुन पुगेको थियो।

प्रहरीले दुवै सवारी साधन र फोर्स जिपका चालकलाई नियन्त्रणमा लिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार