स्याङ्जामा जम्मा पाँच जनामा किभिड -१९ को सक्रिय संक्रमण

156
SHARES
152
VIEWS

देशभर कोरोना संक्रमण तिब्ररुपमा फैलिरहेको बेला स्याङ्जामा भने जम्मा पाँच जना कोरोनाको सक्रिय बिरामी रहेका छन् । केही दिन यता स्याङ्जामा नयाँ कोरोना संक्रमित थपिएको छैन। हाल सम्म स्याङ्जामा ३१० जनामा कोरोना संक्रमणको पुष्टि भएकोमा ३०३ जना निको भएर घर फर्किसकेका प्रमुख जिल्ला अधिकारी गङ्गा वहादुर क्षेत्रीले जनाउनु भएको छ। पोखरामा उपचारका क्रममा कोरोनाका कारण २ जनाको मृत्यु भएको छ । पुतलीबजारको करेण्डाँडा स्वास्थ्य चौकीमा ३ जना र वालिङमा २ जना संक्रमित उपचाररत रहेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख यामप्रसाद शर्माले जानकारी  दिनुभयाे । नयाँ संक्रमित नथपिए स्याङ्जा केही दिनमै कोरोना संक्रमण मुक्त जिल्ला हुने छ। कोरोना रोकथामको लागि स्याङ्जामा भदै १८ गते सम्म निषेधाज्ञा जारी गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार