दोस्रो बिशाल राष्ट्रिय तिज म्यूजिक अवार्ड २०८१ फाईनल कार्यक्रमको तयारी पुरा

13
SHARES
108
VIEWS

स्वर्गीय कल्पना गैरे स्मृती फाउण्डेशनको सहयोगार्थ आयोजित दोस्रो बिशाल राष्ट्रिय तिज म्यूजिक अवार्ड २०८१ को फाईनल कार्यक्रम यही भाद्र १८ गते चलचित्र बिकास बोर्ड चाबहिल काठमाण्डौमा सम्पन्न हुने भएको छ ।
फाईनल कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको छ । कार्यक्रममा तिज गीत संग सम्बन्धीत २२ बिधाका करिब ३० जना कलाकारहरुलाई एक भब्य समारोहका बिच अवार्ड बितरण गर्न लागीयको कुरा कार्यक्रमकी संयोजक कमला बि.शी.ले जानकारी गराईन ।

प्रतिनिधी सभा सदस्य तथा नेकपा एमाले संसदीय दलकी सचेतक माननिय सुनिता बरालको प्रमुख आतिथ्यतामा हुने अवार्डको फाईनल कार्यक्रममा बरिष्ठ मौलिक ठेट गायिका पबित्रा रसाईली संगै तिज गीत संगीत र संस्कृती सँग सम्बन्धीत करिब एक दर्जन महिला दिदि बैनीहरुलाई राष्ट्रिय नारी सम्मान २०८१ प्रदान गरीनुका साथै दर खुवाउने कार्यक्रम समेत रहेको कुरा आयोजक संस्था बिशाल मुभिज प्रा.लि.का अध्यक्ष तथा गायक,सर्जक हुम गैरेले जानकारी गराए ।
कार्यक्रममा अवार्ड बितरण,सम्मानको कार्यक्रम संगै बिबिध साँस्कृतीक कार्यक्रम पनि हुने आयोजक संस्थाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार