२४ घण्टामा ८१८ जनामा काेराेना सङ्क्रमण, बुटवलमा २ सहित तीन जनाकाे ज्यान गएकाे पुष्टि

28
SHARES
105
VIEWS

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ३१ हजार नाै सय ३५ पुगेकाे छ । गएको २४ घण्टामा जनामा आठ सय १८ कोरोना सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लाे २४ घण्टामा आठ हजार २६ जनाको पीसीआर विधिमार्फत काेराेना परीक्षण गर्दा आठ सय १८ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा दुई सय ८१ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या १८ हजार ६ सय ३१ पुगेको छ । अब नेपालमा १३ हजार एक सय ५५ जना सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै ११ हजार चार सय १४ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा तीन जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक सय ४९ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार