पुस -२०। स्याङ्जा कालीगण्डकी ४ बिर्घा कट्टि निवासी बाल प्रसाद दर्जीको श्रीमती बर्ष ३६ को गंगा दर्जी मिति २०७८/९/१८ गते परिवारको सहमति बिपरित घर छोडेर हिडेको र २०७८/९/१९ गते भारत रक्सौलबाट छिमेकीलाई फोन गरि अब मलाइ नखोज्नु म बिदेश जान हिडेकी हुँ भनेको र तत्पश्चात कसैको सम्पर्कमा नआएकोले परिवार निकै तनाबमा रहेको निजको श्रीमान बाल प्रसाद दर्जिले जनाउनु भयो।
श्रीमान बाल प्रसाद दर्जि हाल रोजगारीको सिलसिलामा कतारमा रहेको बाल प्रसादका आफन्त शोभाखर परियारले जानकारी दिनि भयो। श्रीमन बाल प्रसाद परियारका अनुसार आफुहरु बिच सम्बन्ध रहेको बताउनुभयो । राम्रो सम्बन्ध हुँदा हुँदै श्रीमति यो क्रियाकलापले आफुलाई हदै सम्म मर्माहत पारेको समेत बाल प्रसादले कालीगण्डकी पोष्टलाई जानकारी गराउनु भयो। परिवारमा १८ वर्षिय छोरा हल रोजगारीका लागि भारतमा रहेको र छोरी ९ कक्षमा अध्ययनरत रहेकी छिन् ।
श्रीमतीलाई आफुले पटक पटक सम्पर्क गर्न खोज्दा खोज्दै पनि सम्पर्क गर्न नसकेको श्रीमान बाल प्रसादले जानकारी दिनु भयो।
हाल बाल प्रसाद परियारका आफन्त शोभाखर परियारले इलाका प्रहरी कार्यलयमा खोजतलासका लागि निवेदन दिनुभएको प्र. ह. सुर्य परियारले जानकारी दिनु भयो। प्राप्त जानकारी अनुसार निज हराएकी भनिएको गङ्गा दर्जी आफू बिदेश जाने तयारी रहेको जानकारी आएको प्र. ह. परियारले जानकारी दिनु भयो।
हराइएको गङ्गा दर्जीको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ। तसर्थ तपाईं स्वदेश तथा बिदेशमा रहनुहुने आमा बुवा,दाजु भाइ,दिदी बहिनीहरुले निज गंगा दर्जिलाई कहिँ कतै देखे भेटेको खण्डमा नजिकैको प्रहरी कार्यालय वा तल दिइएको नं सम्पर्क गरि सहयोग गरिदिनुहुन अनुरोध गरिन्छ।
भारतको लागि-9867652461,7715990867
नेपालको लागि-9846748087



















Discussion about this post