संचारकर्मि काफ्लेको “पिरतिको नशा” सार्वजनिक

15
SHARES
121
VIEWS


विष्णु पान्डेय
पाल्पा २८ , कार्तिक

संचारकर्मी तथा लोक गायक दिनेश काफ्लेको लय ,शब्द सिर्जनामा “पिरतीको नशा ” लोकदोहोरी गित शुक्रबार सार्वजनिक भएको छ । योग्शना डिजिटल म्युजिक प्रालिको यु्ट्युब च्यानलबाट सार्वजनिक यस गितमा दिनेश काफ्ले र धनि गाहाको स्वर समाबेश रहेको छ । विभिन्न लोकगितमा लय शब्द तथा आवाज दिईसकेका काफ्लेले पछिल्लो समयमा पिरतिको नशा ल्याएका हुन् । उनले यस अघि “रुपै हेर्ने ऐना” , “गुन” , “पहिलो माया गुमाए” जस्ता गितमा आफ्नो लय , शव्द तथा स्वर दिइसकेका छन् पर्वतको विहादि गाउपालिका वडा न ६ मा जन्मिएका काफ्ले सानैदेखि लोकसँगितमा रुचि राख्दथे ।
“पिरतिको नशा” गितको छायांकन पाल्पाको रानिमहल आसपास र भैरवस्थान मन्दिर आसपासमा गरीएको छ । यस गितको म्युजिक भिडियोमा गायक (सर्जक) दिनेश काफ्ले , खुसी सुनार रमेश आचार्यले अभिनय गरेका छन् । पुरा गित हेर्नको लागि तलको लिंक क्लिक गर्नुहोला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार