पछिल्लो समयमा लोक दोहोरी गित मन पराउने दर्शक स्रोताको सङ्ख्या बढेको छ। नेपाली मौलिकताको पहिचान दिने नेपाली लोक संगितमा छाडापन भित्रीदै आएको तथ्य बजारमा आएका गितहरुले दर्शाइरहेको छ। त्यसैले नेपाली मौलिक लोक संस्कृतीलाई आच पुग्ने छाडा गित बजारमा ल्याए लोक दोहोरी प्रतिष्ठानले कडा रुपमा कदम चाल्ने भएको छ। पछिल्लो समय बजारमा आएका तिज गित लगायत अन्य लोक दोहिरीमा छाडापन देखिएका छन्। छाडा प्रबृत्ति हटाउने हेतुले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले अब यस्ता गित बजारमा ल्याउने कलाकारहरुलाइ कालो सुचिमा राख्ने निर्णय गरेको छ।
२०७७ साल श्रावण १६ गते बसेको केन्द्रिय बैठकको सर्वसम्मत निर्णय अनुसार यस प्रतिष्ठानका उप–महासचिव शिव हमालको संयोजकत्वमा विकृति विसंगती विरुद्धको १३ सदस्यीय कार्यदल गठन गरी उक्त कार्यदल मार्फत सामाजिक सद्भावमा खलल पुुुर्याउने र दुई अर्थी अपाच्य शब्द सामग्री प्रयोग गर्ने श्रष्टा सर्जक कलाकारहरुलाई प्रतिष्ठानले कालो सुचीमा नाम राख्ने गरी प्रतिष्ठानका गतिविधिमा सहभागी हुन नपाउने र प्रतिष्ठानबाट प्राप्त सम्पूर्ण सेवा सुविधाहरुबाट बन्चित गराउने निर्णय गरिएको छ। बिकृतीपूर्ण गित गाउने कलाकारहरुलाइ कालो सुचिमा र संस्थामा पनि नराखिने संस्थाका अध्यक्ष रमेश बिजिको भनाई छ।
विकृति विसंगती विरुद्धको १३ सदस्यीय कार्यदल गठन गरी उक्त कार्यदल मार्फत सामाजिक सद्भावमा खलल पुर्सार्न याउने एवं नियतवस दुई अर्थी अपाच्य शब्द सामग्री प्रयोग गर्ने, श्रष्टा सर्जक कलाकारहरुलाई प्रतिष्ठानले कालो सुचीमा नामांकित गरी प्रतिष्ठानका कुनै पनि गतिविधिमा संलग्न हुन नपाउने र प्रतिष्ठानबाट प्राप्त हुने सम्पूर्ण सेवा सुविधाहरुबाट बन्चित गराउने निर्णय गरिएको छ ।
Discussion about this post