पाल्पामा बालुवाको ढिस्कोले पुरिएर दुई जना महिलाको मृत्युु

12
SHARES
104
VIEWS

फागुन -८
पाल्पा – पाल्पामा आज दिउँसो बालुवा खानीमा काम गरिरहेका दुई जना महिलाको बालुवाको ढिस्कोले पुरिएर मृत्यु भएको छ। जिल्लाको पूर्वखोला गाउँपालिका वडा नम्बर ४ छेवकुनमा रहेको बालुवाखानीमा आज ३:४० बजेको समयमा बालुवाको ढिस्कोले पुर्दा एक जनाको घटना स्थलमै र अर्का एक जनाको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैयाले जानकारी दिनु भयो। सूचना अधिकारी पचभैयाका अनुसार बालुवाको ढिस्कोले पुरिएर मृत्यु हुनेमा पूर्वखोला गाउँपालिका वडा नम्बर ४ बालीपोखरा बस्ने १३ वर्षिय पबित्रा सारु मगर र ३६ वर्षिय माया देवी सिंले रहेका छन् । घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार