स्याङ्जामा ९३ जनाको स्वाब संकलन

51
SHARES
106
VIEWS

संगम अधिकारी
समुदायका सात जनामा संक्रमण देखिएसँगै स्याङ्जाको पुतलीबजारमा ९३ जनाको स्वाव संकलन गरिएको छ । पुतलीबजार १३ मा थप ९३ जनाको स्वाब लिइएको हो । जुवा मुद्धामा जिल्ला प्रहरी कार्यालयमा पुगेका एक युवामा साउन १८ मा कोरोना भाइरसको संक्रमण भेटिएपछि लिइएको स्वाबमा निजका चार जना परिवार सहित सात जनामा संक्रमण भेटिएको थियो । समाजमा कोरोना पुगेसँगै आवागमन बन्द नै गरेर वडा भित्रका सम्पर्कमा आएका सबैको पीसीआर टेष्टको लागि स्वाब लिएको पुतलीबजार नगर स्वास्थ्य शाखा प्रमुख बिष्णुप्रसाद काफलेले बताउनुभयो । स्याङ्जामा हाल सम्म दुई सय ८० जना कोरोना संक्रमित भएका छन् भने एक सय ९८ जना निको भएर घर फर्केका छन् । दुई जना संक्रमितको निधन हुँदा ८० जना आइसोलेसनमा रहेको जिल्ला स्वास्थ्य प्रमुख यामप्रसाद शर्माले बताउनुभयो ।
मंगलबार साँझ थप ८ जना संक्रमित थपिएका थिए । कन्ट्र्याक्ट ट्रेसिङका आधारमा देखिएको संक्रमणमा एकाघरका ४ जनालाई कोरोना भाइरस पुष्टि भएको हो । केही दिनअघि कोरोना संक्रमण पुष्टि भएका पुतलीबजारका एक युवाका परिवारका बाबा, आमा, दाजु, श्रीमती, सहित उनका साथीहरु संक्रमित बनेको पुतलीबजार नगर स्वास्थ्य शाखा प्रमुख काफलेले जानकारी दिनुभयो । ती युवामा संक्रमण पुष्टि भएपछि स्वास्थ्य कार्यालयले वडाका ३८ जनाको कन्ट्र्याक् ट्रेसिङ गरिएकोमा ३० जनाको रिपोर्ट नेगेटिभ र एक जनाको रिपोर्ट आउन बाँकी रहेको बताइएको छ ।
यसैबीच यता जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी विमलराज कँडेलले ९ दिनमै कोरोनामाथि विजय हासिल गर्नुभएको छ । साउन ६ गते तीन जना सुरक्षाकर्मीमा कोरोना देखिएपछि ७ गते पीसीआर परीक्षणका लागि उहाँको स्वाब लिइएको थियो । साउन १२ गते कोरोना देखिएपछि क्वार्टरभित्रै आइसोलेसनमा बस्नुभएको थियो भने उहाँको सङक्रमण देखिएको नवौँ दिनमा पीसीआर टेष्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख शर्माले बताउनुभयो ।
अन्य सङक्रमितमा लामो समयसम्म कोरोना पोजिटिभ देखिरहँदा आफ्नो सर्तकताले चाँडै निको भएको बताउनुभयो । आइसोलेसन बसेको समयमा गुर्जो रातभर भिजाएर दुई गिलास पानीलाई तताएर एक गिलास बनाएर हरेक दिन खाएको बताउँदै एसपी कँडेलले अस्वगन्धा, तुलसी, बोझो खाएको र दिनको डेढ घण्टा शारीरिक व्यायाम गरेको बताउनुभयो । माछा मासु नखाएको उल्लेख गर्दै एसपी कँडेलले बेसार, कागती, अदुवा आफ्नो स्वास्थ्यको सहयोगी बनेको बताउनुभयो । कोरोना सङक्रमणको बेला सेट र मोबाइल फोनबाट ड्युटी गरेको बताउँदै एसपी कँडेलले अब भौतिक रुपमै काममा फर्कने उल्लेख गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार