संगम अधिकारी
स्याङ्जाको आधिखोला गाउँपलिकाले सलह छोप्नेलाई पुरस्कार प्रदान गरेको छ । गाउँपालिकाले सलह छोप्नेलाई २ हजार ७ सय ९० रुपयाँ पुरस्कार प्रदान गरेको हो । सलहको नियन्त्रणका लागि जिल्लाका केहि पालिकाहरुले नगद पुरस्कारको व्यवस्था गरेसँगै विहिबार आँधिखोला गाउँपालिकाले सलह छोप्ने चार जना पुरस्कृत भएको गाउँपालिकाले जनाएको छ ।
स्याङ्जामा सहलको झुण्ड नदेखिएपनि केहि फाटफुट रुपमा देखिएको पाईएको छ । जिल्लामा अहिलेसम्म सलहले बालीनालीमा क्षति नपु¥याएपनि छिटफुट देखिएका छन् । सलह नियन्त्रणका लागि गाउँपालिकाले प्रोत्साहन स्वरूप प्रति केजी ३ सय दिने निर्णय गरेको थियो । सोही निर्णय अनुसार आँधीखोला गाउँपालिकाका ४ जनाले ९ किलो ३ सय ग्राम सलह छोपेर गाउँपालिकालाई बुझाएका थिए ।
Discussion about this post