नेपालमा पछिल्लो २४ घण्टामा तीन सय साठी जना नयाँ कोरोना संक्रमित थपिए

29
SHARES
105
VIEWS

नेपालमा पछिल्लो २४ घण्टामा ३ सय ६० जना नयाँ संक्रमित थपिएसंगै कूल संक्रमितको संख्या २१ हजार ७ सय ५० पुगेको छ ।

पछिल्लो २४ घण्टामा दुई सय ३३ जना कोरोना भाइरसबाट निको भएर घर फर्केको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले जानकारी दिए । हालसम्म १५ हजार ३ सय ८९ जना कोरोना भाइरसबाट मुक्त भएका छन् ।

नेपालमा कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म ६५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ७ जना मृतक थपिएसंगै मृतकको संख्या ६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए ।

यता गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमणको पुष्टि भएसंग्र प्रदेशमा संक्रमीत को संख्या १ हजार ५ सय ६६ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार