कालीगण्डकी स्याङ्जाका एक युवा सिद्दी प्राप्त गर्न अनकन्टार जङ्गलमा साधनारत

96
SHARES
115
VIEWS

जिके पाण्डे
तस्बिरमा देखिएका रुद्राक्ष र पहेँलो बस्त्र लगाएका ब्यक्ति हुन काली गण्डकी गा.पा. वडा नं ४ बिर्घा निवासी अभिषेक पाण्डेय!
बुवा स्व.खिमानन्द पाण्डेय र आमा केशरा पाण्डेयका साँहिलो छोरा ३३ बर्षीय उनी हालसम्म अविवाहित छन्।
बिगत एकबर्ष भन्दा लामो समय देखि सत्यवती गाउँ पालिकामा पर्ने अनकन्टार बनमा अवस्थित हिलेसिद्दमा साधनारत उनी सिद्दिप्राप्त नहुन्जेल सोहि स्थानमा साधनामा रहने पारिवारिक स्रोतले जनाएको छ।
उनी साधना गरेको स्थान वरिपरि मानब बस्ती त छँदै छैन र बस्ती रहेको स्थानबाट उक्त स्थानमा पुग्न कम्तिमा ८ देखि १० किलोमिटर पैदल यात्रा तय गर्नुपर्दछ।
बिज्ञानले आर्जेका सामान्य मोबाईल,कम्प्युटर देखि मिसाइल र बममा आलिङ्गन हुन रूचि राख्ने नयाँ पुस्ताको लागि योग र साधनाको माध्यमबाट सिद्दी प्राप्ति उक्त सिद्दत्वको माध्यमबाट अहिलेको नयाँ पुस्तालाई योग र साधनाको माध्यमबाट पनि लोक कल्याण गर्न सकिन्छ भनी त्यसतर्फ डोर्याउनको लागि प्रकृतिलाई अङ्गाल्न पुगेका अभिषेक पाण्डेय जस्ता ब्यक्तिहरु अबको पुस्ता अनि अबको युगको लागि उदाहरणीय बन्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार