लोकप्रिय गायक पुरुषोत्तम गैरेको तिज कोशेली भुरुरु उडेको चरी(भिडियो)

78
SHARES
169
VIEWS


सुमन ढकाल
काठमाण्डौ।
हिन्दुमहिलाहरुको महान पर्ब हरितालिका तीज नजिकिदै गर्दा आम दर्शकको माझमा विभिन्न खाले गीत संगीत बजारमा सार्बजनिक हुदै गर्दा कति मौलिक गीत छन् भने कति छाडा र अपाच्य खालका पनि गीत छन् तर अविरल फिल्म्सले आफ्नै प्रस्तुतिमा र बजार ब्यबस्थापनमा अत्यन्तै दर्शकको मन जित्ने खालको गीत “भुरुरु उडेको चरी ” बजारमा ल्याएको छ । सार्बजनिक भएको छोटो समयमै टिकटकमा सोहि गीतका सम्पूर्ण टुक्का भाइरल भएका छन् , देवी घर्ती, पुरुषोत्तम गैरेको स्वर रहेको तीज गीतमा पुरुषोत्तम गैरेकै लय रहेको छ भने बिमल पौडेलको सब्द रहेको छ । बिबाहित जोडीको माया प्रेमलाइ जोडिएको गीतमा सुमन पौडेल , आश्विनी पाण्डे , परि शर्मा , बिनोद पराजुली र साधना भण्डारीको प्रस्तुति देख्न सकिन्छ । बिष्णु भट्टराईको निर्देशन छायानाकन तथा सम्पादन रहेको भिडियो बुटवलको बिगचेयर रिसोर्टमा छायांकन गरिएको छ । सगुन शर्माको शृङगारमा रहेको भिडियो अविरल फिल्म्सको युटुब च्यानल देखि सार्बजनिक गरिएको छ । गीत अत्यन्तै मौलिक र सबैको मुखमा झुन्डिने खालको भएर पनि आम दर्शकको रोजाइमा परेको निर्देशक बिष्णु भट्टराई बताउछन। हेरौ भिडियो :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार