गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको पछिल्लो प्रेस बिज्ञप्ति अनुसार गण्डकी प्रदेशमा थप ६ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित हुने हरुमा कास्कीका ५ जना रहेका छन् भने तनहुँका १ जन रहेका छन् । कास्कीका पोखरा महानगरपालिकाका दुई जना पुरुष र तीन जना महिला र तनहुँका भानु नगरपालिकाका एक जना पुरुष रहेका छन्। यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितहरुको सङ्ख्या १७०९ जना पुगेको छ।
Discussion about this post