चापाकोट-रामपुर जोड्ने कालीगण्डकीको प्याक्लुक झोलुङ्गे पुल अत्यान्तै जीर्ण

243
SHARES
112
VIEWS

राजन भट्टराई ,साउन ३२
स्याङ्जा : चापाकोट- रामपुर जोड्ने कालीगण्डकीको दामाचौर प्याक्लुक झोलुङ्गे पुल अत्यान्तै जीर्ण बनेको छ । स्याङ्जाको चापाकोट नगरपालिका– ८ र पाल्पाको रामपुर नगरपालिका– ६ मा रहेको यो पुल अत्यान्तै जीर्ण बन्दै गएपछि पनि यात्रुले जोखिमै सहेरै नदी वारपार गर्नुपरेको छ ।

विशेषगरी मोटरसाइकल तथा स्कुटरमा यात्रा गर्नेका लागि यो पुल बढी जोखिममा छ । वि.सं २०४७ मा निर्माण भएको यस पुलले कालीगण्डकी वारिपारिका स्याङ्जा र पाल्पाका स्थानीयलाई आवतजावतमा सुविधा पुगेको थियो । यहाँ पुल बनेपछि स्याङ्जा र पाल्पा लगायतका विभिन्न स्थानमा आवतजावत गर्न सजिलो भएको छ । तर पुल मर्मत सम्भारमा ध्यान नदिँदा अहिले यो पुल अत्यानतै जीर्ण बनेको छ ।

पुलका सबैजसो संरचनाहरु जीर्ण अवस्थामा छन। कालीगण्डकी वारिपारिका विभिन्न स्थानमा लाग्ने मेला, महोत्सव, सभा समारोह, विभिन्न चाडपर्वका अवसरमा प्रहरीको निगरानीमा यात्रुलाई वारपार गराउँदै आइरहेको छ । हाल दैनिक ३०० देखि ४०० जतिले यही पुल भएर वारपार गर्ने गर्छन् । चापाकोट नगरपालिका र रामपुर नगरपालिका भित्र पर्ने कालीगण्डकीका विभिन्न स्थानमा झोलुङ्गे पुल निर्माण भएता पनि धेरै यात्रुले आवत-जावत गर्ने यही पुल बाटनै हो ।

यो पुललाई चापाकोट र रामपुर जोड्ने मुख्य नाकाका रुपमा पनि लिइन्छ । पुलको लठ्ठा, पिल्लर, बार (जालि)हरु अत्यान्तै जीर्ण बन्दै जादा यसकाे मुख्य भाग नै छाडिसकेको छ ।

मर्मत सम्भारमा चासो कसैले नदिँदा अहिले कतिबेला भत्कन्छ भन्ने स्थानीयले चिन्ता गरिरहेका छन् । यही पुलका कारण कालीगण्डकी वारिपारि बस्ने स्थानीयको सम्बन्ध बढायो । वारिपारि व्यापार, व्यवसाय र कषि गर्न, विभिन्न रोजगारीमा जान आउन, यात्रा गर्न यो पुल मेरुदण्ड नै बनेको पाइन्छ ।

यो पुलबाट यात्रा नगरिकन जीविका चलाउन नै समस्या छ, ज्यानको बाजी नै राखेर जीर्ण पुलबाट यात्रा गर्नुपरेको छ, कतिबेला दुर्घटना हुने हो, सम्बन्धित निकायले यसतर्फ चासो दिनु पर्ने देखिन्छ । अहिले कालीगण्डकीका अन्य स्थानमा पुल निर्माण भएपनि धेरै यात्रुले प्रयोग गर्ने नै यही पुल हो । यस पुलले चापाकोट रामपुरको विकासमा ठूलो भूमिका खेलेको छ । प्रदेश नं ५ र गण्डकी प्रदेशलाई जोड्ने मुख्य नाकाका रुपमा रहेको यो पुल अत्यन्तै जीर्ण बन्दै छ ।

जीर्ण अवस्थामा पुल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार